परराष्ट्रमन्त्री खड्का र अमेरिकी उपमन्त्रीबीच भेट

परराष्ट्रमन्त्री डा नारायण खड्का र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्बन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेट भएको छ।

नेपालभ्युज

परराष्ट्रमन्त्री खड्का र अमेरिकी उपमन्त्रीबीच भेट

काठमाडौं। परराष्ट्रमन्त्री डा नारायण खड्का र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्बन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेट भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार बिहान भएको भेटमा जियाले नेपालमा रहेका तिब्बती शरणनार्थीलाई परिचयपत्र दिन आग्रह गरिन्। सन् १९९० पछि नेपालले तिब्बती शरणार्थीलाई परिचयपत्र प्रदान गरेको छैन।

भेटमा नेपाल–अमेरिका सम्बन्ध र सहयोग परियोजना एमसिसीका विषयमा छलफल भएको जनाइएको छ। जियाले त्यसअघि प्रधानमन्त्री देउवासँग भेटेकी थिइन्। प्रधानमन्त्रीसँगको भेटमा दुईपक्षिय सम्बन्धनबाहेक अरू विषयमा छलफल नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए। उनले भने ‘‘नेपाल अमेरिका कूटनीति सम्बन्ध स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा द्धीपक्षिय भेटघाट बढेको मात्र हो। द्धीपक्षिय सम्बन्ध बाहेक अरू विषयमा उहाँहरूबिच छलफल भएको छैन।’’

नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री जियाले प्रधानमन्त्रीसँगको भेटमा नेपालमा रहेका तिब्बती शरणार्थीहरूको मानव अधिकार रक्षाको सवालमा लचक बनिदिन आग्रह गरेकी स्रोतले जनाएकाले छ।
। अहिले गृहमन्त्रीसँग पनि भेट्ने कार्यक्रम छ।

अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको टोली विभिन्न देशका राजदूतहरुसङ्ग छलफलको निम्ति हिजो बिहान महाराजगञ्जस्थित अमेरिकी राजदूतावास पुगेको थियो। जियासहितको टोली आजै साझ अमेरिका फर्कने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved