झाँक्री भन्छिन्- बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो

नेपाल भ्युज

झाँक्री भन्छिन्- बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो

काठमाडौं। शहरी विकासमन्त्रीसमेत रहेकी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले पाएको मत ‘नो भोट’ भएको बताएकी छन्। प्राइभ टिभीको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले बालेनको भोटलाई मतदाताको विश्वास जितेको भन्न नमिल्ने बताइन्।

उनले नेपालमा ‘नो भोट’को प्रावधान नभएकाले मतदाताहरूले आफ्नो ‘नो भोट’बारे सन्देश दिन बालेनलाई भोट हालेको दाबी उनले गरिन्। उनले भनिन्, ‘‘बालेनलाई आएको मत उनले उठाएको मुद्दाका कारण र उनले मतदाताको विश्वास जितेर आएको भन्ने विश्लेषण गर्छन्, तर मतदाताको विश्वास जिते भन्ने होइन। बालेन शाहको भोट ‘नो भोट’ हो।”

उनले हाम्रो कानूनी व्यवस्थामा ‘नो भोट’ प्रावधान नभएका कारण मतदाताहरूले दल र दलका उम्मेदवारभन्दा बाहिर भोट हालेको भन्ने सन्देश दिएको उनको भनाइ थियो। ‘नो भोट’को प्रावधान भए बालेनलाई आएको भोट ‘नो भोट’तर्फ बढ्ने टिप्पणी उनले गरिन्।

काठमाडौंको मतपरिणामले दलहरूलाई सच्चिन चुनौती दिएको उनको भनाइ थियो।


Comment

2 thoughts on “झाँक्री भन्छिन्- बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो

  1. ठोक न यो झाक्रि लाई गोली के बोलेको छ आफैलाई थाहा छैन

  2. “यि झाकृ पनि गुलामि गरेर मन्त्री भयको बेला बेलामा पुस्टि गर्छिन ,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved