पुरुष विश्वकपमा पहिलोपटक खेल खेलाउँदै महिला रेफ्री

फिफाले तीन जना महिला रेफ्रीलाई कतारमा खेल खेलाउने जिम्मा दिने भएको हो।

नेपाल भ्यूज

पुरुष विश्वकपमा पहिलोपटक खेल खेलाउँदै महिला रेफ्री

काठमाडौं। पुरुष विश्वकप फुटबलमा पहिलोपटक महिला रेफ्रीले खेल खेलाउने भएका छन्। कतार विश्वकपमा पहिलोपटक महिला रेफ्री प्रयोग हुन लागेको हो।

कतार विश्वकपमा खेल खेलाउनका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला रेफ्रीहरु चयन गरेको छ। फिफाले तीन जना महिला रेफ्रीलाई कतारमा खेल खेलाउने जिम्मा दिने भएको हो।

विश्वकप फुटबलमा खेल खेलाउनका लागि फिफाले छनोट गरेका महिला रेफ्रीहरु फ्रान्सकी स्टेफनी फ्रापर्ट, रुवान्डाकी सालिमा मुकानसंगा र जापानकी योशिमी यामाशिता रहेका छन्।

आगामी २१ नोभेम्बरदेखि शुरु हुने कतार विश्वकपमा फुटबल इतिहासमै पहिलोपटक पुरुष विश्वकपका खेलहरु महिला रेफ्रीले खेलाउन लागेका हुन्।

फिफाले विश्वकपका लागि छनोट भएका ३६ रेफ्री, ६९ सहायक रेफ्री र २४ भिडिओ म्याच अफिसियल छनोट गरेको छ। जसमा तीन महिला रेफ्री रहेका छन्।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved