हेटौँडामा एमालेले गर्‍यो हार स्वीकार, पौडेलले दिए मीना लामालाई बधाई

नेपालभ्युज

हेटौँडामा एमालेले गर्‍यो हार स्वीकार, पौडेलले दिए मीना लामालाई बधाई

हेटौँडा। हेटौँडा उपमहानगरपालिकामा नेकपा एमालेले हार स्वीकार गरेको छ।

करीब चार हजार मत गन्न बाँकी रहँदै एमालेका अनन्तप्रसाद पौडेलले हार स्वीकार गरी गठबन्धनबाट उम्मेदवार नेकपा (एकीकृत समाजवादी)की मीना लामालाई बधाई दिएका छन्।

मतगणनास्थलमै आएर उनले लामालाई खादा लगाइदिएर बधाई दिएको बताइएको छ।

पौडेलभन्दा २ हजार १०१ मतले अग्रता लिएकी मीनाले हेटौँडामा जित्ने लगभग पक्का भएको छ। कुल ७३ हजार ४१४ मत खसेकोमा हालसम्म ६९ हजार ६ सय ९६ मत गणना भएको छ। मीनाले २१ हजार ८०२ मत ल्याएकी छन्। पौडेलले १९ हजार ७०१ मत पाएकोमा राप्रपाका दीपकबहादुर सिंहले १९ हजार १३७ मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved