कप्तान किरण र १० खेलाडीबिनै अलमुताइरीले गरे राष्ट्रिय टिमको घोषणा

नेपालभ्युज

कप्तान किरण र १० खेलाडीबिनै अलमुताइरीले गरे राष्ट्रिय टिमको घोषणा

काठमाडौं। नेपाली फुटबल टिमका प्रमुख प्रशिक्षक अबदुल्ला अलमुताइरीले नियमित कप्तान किरण चेम्जोङ र आफूसँग विवादमा परेका १० खेलाडीबिनै राष्ट्रिय टिमको घोषणा गरेका छन्।

कुवेतमा हुने एसियन कप फुटबलको छनोट खेलका लागि प्रशिक्षक अलमुताइरीले यी ११ खेलाडीलाई ब्वाइकट गरेर शुक्रबार २३ सदस्यीय नेपाली टिमको घोषण गरेका हुन्।

अलमुताइरीकै कारण राष्ट्रिय फुटबल टिमको क्लोज क्याम्प छाड्नु परेको बताउने १० खेलाडी र यी खेलाडीको समर्थनमा बोलेका नियमित कप्तान किरण चम्जोङ पनि यो पटक टिममा परेनन्। गत १३ वैशाखमा तत्कालीन कप्तान रोहित चन्दसँगै १० खेलाडीले टिम छाडेपछि खेलाडी र प्रशिक्षक अलमुताइरीविचको विवाद बाहिर आएको थियो।

खेलाडीहरूले बन्द प्रशिक्षण दौरान आफुहरूलाई होस्टलमा नभई होटलमा राख्नुपर्ने सामान्य माग राख्दा प्रशिक्षकले टिमबाट निकालेको आरोप लगाएका थिए। उनीहरूले यो बिषयमा निप्ष्क्ष छानविनको माग राखेका थिए।

यस विवादमा गठित छानविन समितिले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदनले दिएका सुझावहरू चाडै नै कार्यान्वयन गर्ने एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताएका छन्।

प्रतिवेदनले यस घटनामा प्रशिक्षक अलमुताइरीको दोष रहेको देखाएको बुझिएको छ। यद्दपी एन्फाले उक्त प्रतिवेदनलाई सार्वजनिक गरेको छैन। यता प्रशिक्षक अलमुताइरीले भने प्रमुख खेलाडीले टिम छाडेपछि १७ नयाँ खेलाडी थपेर राष्ट्रिय फुटबल टिमको प्रशिक्षणलाई निरन्तरता दिएका थिए।

नेपाल एसियन कपको छनोटमा समुह ‘ए’ मा रहेको छ। यसै महीना हुने छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले २५ गते जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ। त्यसैगरी २८ गते आयोजक कुवेत र ३१ गते इण्डोनेसियासँग खेल्ने तालिका रहेको छ।

एसियन कप फुटबलको छनोट खेल्ने नेपाली टिम

गोलरकिप्पर – दीप कार्की, विशाल सुनार, टिकेन्द्र सिंह थापा
डिफेन्डर – विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डर – आकाश बुढा मगर, एरिक विष्ट, निर कुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्वे, सुनिल बल, सुरजज्यू ठकुरी
फरवार्ड – आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डांगी, नवयुग श्रेष्ठ

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved