मोडलिङ संघले निलम्बन गर्‍यो बलात्कार आरोपितको संस्थालाई, पीडकलाई कारबाहीको माग

शुक्रबार संघका अध्यक्ष दिनेश शाहीले वक्तव्य जारी गर्दै घटनाको छानबिन र सत्य तथ्य पत्ता लागेर पीडितले न्याय नपाएसम्म आरोपित संस्थालाई निलम्बनमा राखिएको जानकारी गराएका हुन्।

नेपालभ्युज

मोडलिङ संघले निलम्बन गर्‍यो बलात्कार आरोपितको संस्थालाई, पीडकलाई कारबाहीको माग

‘सौन्दर्य प्रतियोगिताका आयोजकले बलात्कार गरेको’ आरोप लागेको संस्थालाई कला तथा मोडलिङ सस्थाको छाता सङ्गठन नेपाल राष्ट्रिय मोडलिङ संघले निलम्बन गरेको छ। शुक्रबार संघका अध्यक्ष दिनेश शाहीले वक्तव्य जारी गर्दै घटनाको छानबिन र सत्य तथ्य पत्ता लागेर पीडितले न्याय नपाएसम्म आरोपित संस्थालाई निलम्बन गरेको जनाएका हुन्।
साथै मोडलिङ संघले बलात्कार जस्तो जघन्य अपराधको आरोप लागेको घटनाको विषयमा यथाशीघ्र सत्य तथ्य छानबिन गरेर पीडकलाई सजाए दिँदै पीडितलाई न्याय दिलाउन समद्ध सबै पक्षको ध्यानाकर्षण गराएको छ।

अध्यक्ष शाहीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘‘बलात्कार जस्तो जघन्य अपराधको आरोप लागेको घटनाको विषयमा यथाशीघ्र सत्य तथ्य छानबिन गरेर पीडकलाई सजाए दिँदै पीडितलाई न्याय दिलाउन समद्ध सबै पक्षको ध्यानाकर्षण गराउँदछौ। कला, साहित्य र मोडलिङ क्षेत्रको छाता सङ्गठनको रूपमा नेपाल राष्ट्रिय मोडलिङ सङ्घ रहेकाले घटनाका पीडितलाई आवश्यक सहयोग गर्न सदैव तयार छौँ। साथै यस घटनाको छानबिन र सत्य तथ्य पत्ता लागेर पीडितले न्याय नपाएसम्म आरोपित संस्थालाई नेपाल राष्ट्रिय मोडलिङ संघले निलम्बन गरिसकेको ब्यहोरा जानकारी गराउँदछौँ।’’

‘ब्युटी कन्टेस्ट’ यौन हिंसा फलोअप – पीडित र आरोपित दुवै प्रहरीको सम्पर्कमा

घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै संघले अभिनय कला तथा क्षमता विकासको सीप सिक्ने तथा प्रदर्शन गर्ने यस रचनात्मक क्षेत्रमा भएका आपराधिक घटनाले दुखी तुल्याएको जनाएको छ। यस्ता घटनाले सिङ्गो कला क्षेत्रप्रतिको दृष्टिकोणमा नराम्रो धक्का पुगेको संघको निष्कर्ष छ।

‘‘कार्यक्रम सकेपछि ‘सक्सेस पार्टी दिने बहानामा होटलमा बोलाएर बेहोस बनाई बलात्कार गरेको’ दानवीय घटनाको जति भर्त्सना गरे पनि अपुग नै हुन्छ। यो घटनाले सिङ्गो कला क्षेत्रको अपमान मात्र भएको छैन, यो क्षेत्र बदनामतर्फ उन्मुख गराएको महसुस गरेका छौँ। घटनाले अरू पूर्ण व्यावसायिक मर्यादामा रहेर काम गर्दै आएका सुन्दरी प्रतियोगिताका आयोजकलाई मात्र नभई सिङ्गो कला क्षेत्रप्रतिको दृष्टिकोणमा नराम्रो धक्का पुगेको छ,’’ सघले विज्ञप्तिमा भनेको छ।

कला क्षेत्रमा हुने जुनसुकै कार्यक्रम ‘किशोरी तथा महिलाको सुरक्षा व्यवस्था मिलाउने तथा कार्यक्रम शुरु गर्नुपुर्व यौन हिंसाको बारेमा सचेतना क्लास राख्न समेत संघले सबै संस्थालाई निर्देशन दिएको छ। कार्यक्रम वा प्रतियोगितामा सहभागी हुन आउने नाबालिगको साथमा अभिभावक अनिवार्य उपस्थित भइदिनुहुन पनि पुन संघले अनुरोध गरेको छ।

यौनहिंसामा परेको भन्दै सामाजिक सञ्जालमा आएकी युवतीको पक्षमा प्रदर्शन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved