यौनहिंसामा परेको भन्दै सामाजिक सञ्जालमा आएकी युवतीको पक्षमा प्रदर्शन (फोटोहरू)

बालुवाटारस्थित भाटभटेनीमा स्वतन्त्र रूपमा युवायुवतीहरूले प्रदर्शन गरेका छन्।

यौनहिंसामा परेको भन्दै सामाजिक सञ्जालमा आएकी युवतीको पक्षमा प्रदर्शन (फोटोहरू)

काठमाडौं। सुन्दरी प्रतियोगिताका आयोजकलाई बलात्कारको अभियोग लगाउँदै सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिलाउन माग गर्दै प्रदर्शन भएको छ। बालुवाटारस्थित भाटभटेनीमा स्वतन्त्र रूपमा युवायुवतीहरूले प्रदर्शन गरेका हुन्।

उनीहरूले बलात्कारको मुद्दामा हद म्याद घटाउन माग गरेका छन्।

सन् २०१४ मा ‘मिस ग्लोबल इन्टरनेशनल’मा आफूलाई आयोजकले एभरेस्ट होटेलमा लगेर बलात्कार गरेको भन्ने भिडिओ सार्वजनिक भएपछि न्यायको पक्षमा आवाज उठिरहेको छ। युवतीले आरोप लगाउँदै टिकटकमा भिडिओ पोस्ट गरेपछि सामाजिक सञ्जालमा भाइरल भएको हो।

भिडिओ भाइरल भएपछि विभिन्न क्षेत्रका व्यक्तिहरूले पीडित युवतीको पक्षमा सहानुभूति देखाउँदै बोल्न थालेका छन्।

सौन्दर्य प्रतियोगिता समापनपछि आयोजकले ‘सक्सेस पार्टी’ दिने भन्दै होटेलमा बोलाएर नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको पीडितको आरोप छ।

आयोजकले आफ्नो नग्न फोटो भिडिओ खिचेर सार्वजनिक गर्ने दबाब दिँदै ६ महीनासम्म बलात्कार गरेको युवतीले आरोप लगाएकी छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved