गोकुल बाँस्कोटाको नगरमा एमाले पराजित

एमाले नेता गोकुल बाँस्कोटाको नगरमा माधव नेपालको नेकपा एकीकृत समाजवादी विजयी भएको छ। एमाले उम्मेदवार विदुरप्रसाद सापकोटालाई पराजित गदै मण्डन देउपुर नगरपालिकाको मेयरमा नेकपा एसका टोकबहादुर वाइबा मेयरमा निर्वाचित भएका हुन्।

नेपालभ्युज

गोकुल बाँस्कोटाको नगरमा एमाले पराजित

काठमाडौं। नेकपा एमाले नेता गोकुल बाँस्कोटाको नगरमा माधव नेपालको नेकपा एकीकृत समाजवादी विजयी भएको छ। एमाले उम्मेदवार विदुरप्रसाद सापकोटालाई पराजित गदै मण्डन देउपुर नगरपालिकाको मेयरमा नेकपा एसका टोकबहादुर वाइबा मेयरमा निर्वाचित भएका हुन्।

वाइबा २०७४ सालमा पनि एमालेबाट मेयर जितेका थिए। एमाले विभाजन भएपछि वाइबा नेकपा एसमा गएका थिए। र उनै बाइबाले गोकुल बाँस्कोटाको गृहनगरमा एमालेलाई हराउन सफल भएका हुन्। उपमेयरमा कांग्रेसका विष्णुमणि नेपाल विजयी भएका छन्।

एमाले फुटको सबैभन्दा धेरै असर मन्डन देउपुर नगरपालिकामा नै देखिएको छ।एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)को काभ्रेमा राम्रो  संगठन बनेको छ। नेकपा एमालेका तत्कालीन जिल्ला अध्यक्ष टोकबहादुर वाइवासहित जिल्लाका प्रभावशाली नेताहरु हाल नेकपा एकिकृत  समाजवादीतर्फ सक्रिय छन्।
काभ्रे एमालेका पोलिट्ब्युरो सदस्यसमेत रहेका नेता बाँस्कोटाका कारण बेला बेला चर्चामा आइरहन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved