गठबन्धन हराउँदै टीकापुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी

नौ ओटा वडा रहेको टीकापुरमा प्रमुख जितेको नागरिक उन्मुक्ति पार्टीले वडा नम्बर ४ र ५ मा वडाध्यक्षसहित सबै सदस्य, वडा नम्बर १ र ७ मा वडाध्यक्ष बाहेकका सबै सदस्य पदमा विजय हासिल गरेको छ।

नेपालभ्युज

गठबन्धन हराउँदै टीकापुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी

धनगढी। कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु निर्वाचित भएका छन्। उनी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज रावललाई पछि पार्दै विजयी भएका हुन्।

थारु ०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर ७ को वडाध्यक्ष थिए। यसवर्षको चुनावअघि नवगठित नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर थारुले टीकापुरको मेयर जितेका हुन्।

टीकापुर नगरपालिकाको उपप्रमुखमा भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका उम्मेदवार खडकबहादुर शाह विजयी भए। माओवादी केन्द्रले ०७४ मा जितेका वडा नम्बर ७, ८ र ९ लाई कायम राख्दै यसपटक उपप्रमुखमा पनि विजय हासिल गरेको छ।

०७४ मा उपप्रमुख मात्रै जितेको नेपाली काग्रेसले वडा नम्बर २, ३ र ६ मा वडाध्यक्षसहित ११ पद जितेको छ।

०७४ सालमा नगरप्रमुखसहित वडा नम्बर १ र २ मा विजयी भएको एमाले भने यसवर्ष एउटा वडाध्यक्षमा मात्र सीमित भएको छ। एमालेबाट वडा नम्बर १ को वडाध्यक्षमा मोहन विक निर्वाचित भएका छन्।

नौ ओटा वडा रहेको टीकापुरमा प्रमुख जितेको नागरिक उन्मुक्ति पार्टीले वडा नम्बर ४ र ५ मा वडाध्यक्षसहित सबै सदस्य, वडा नम्बर १ र ७ मा वडाध्यक्ष बाहेकका सबै सदस्य पदमा विजय हासिल गरेको छ।

२०७२ सालमा टीकापुरमा भएको घटनाका दोषी भनेर हाल जेलजीवन बिताइरहेका तत्कालीन राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरीको रिहाइको मागलाई मुख्य एजेण्डा बनाई सांसद चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा २०७८ पुसमा उक्त पार्टी दर्ता भएको थियो।

नागरिक उन्मुक्ति पार्टीले ४६ प्रतिशत थारु मतदाता रहेको टीकापुरमा सहानुभूतिको मत बटुलेको छ। करीब १४ प्रतिशत दलित भोटमा पकड बनाउन उपप्रमुखमा दलित उम्मेदवार उठाए पनि उपप्रमुख पदमा भने विजय हासिल गर्न सकेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved