कांग्रेसले सांसदलाई बाँड्यो रविमाथिको अनुसन्धान प्रतिवदेन, त्यसका आधारमा संसद्‌‌मा धारणा राख्न सुझाव

नेपालभ्युज

कांग्रेसले सांसदलाई बाँड्यो रविमाथिको अनुसन्धान प्रतिवदेन, त्यसका आधारमा संसद्‌‌मा धारणा राख्न सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथिको प्रहरी अनुसन्धान प्रतिवदेन बाँडेको छ ।

शुक्रबार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाकै निर्देशनमा रविमाथिको प्रहरी प्रतिवदेन बाँडिएको हो ।

सांसदहरूलाई त्यसका आधारमा धारणा राख्न र अडान लिन सभापति देउवाले सुझाव दिएका छन् ।

यसअघि रविले रुपन्देहीको सुप्रीम सहकारीबाट २ करोड रुपैयाँ लिएको विवरण सार्वजनिक भएको थियो । उक्त सहकारीमा भएको आर्थिक अपचलनसम्बन्धी प्रहरीले प्रतिवदेन सार्वजनिक गरेको छ, जहाँ रविको समेत नाम उल्लेख छ ।

कांग्रेसले उक्त प्रतिवदेन दलको बैठकमा बाँडेको हो । कांग्रेसले रविलाई उपप्रधान एवम् गृहमन्त्रीका रूपमा नभइ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिका रूपमा बोल्न दिने निर्णय गरेको छ ।

यदि आजको जवाफबाट चित्त नबुझे संसद् अवरुद्ध गर्ने नेताहरूले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved