कांग्रेस संसदीय दलको बैठक

रविलाई बोल्न दिन शीर्ष नेताको प्रस्ताव, अधिकांश सांसदले मानेनन्

नेपालभ्युज

रविलाई बोल्न दिन शीर्ष नेताको प्रस्ताव, अधिकांश सांसदले मानेनन्
फाइल तस्वीर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिन प्रस्ताव गरेका छन् ।

नेताहरूले शुक्रबार बिहान बसेको संसदीय दलको बैठकमा लामिछानेलाई बोल्न दिन प्रस्ताव गरेका हुन् । तर अधिकांश सांसदले मानेका छैनन् ।

उनीहरूले बोल्न नदिने, यदि दिइहाले उपप्रधान एवम् गृहमन्त्रीका रूपमा नभइ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिका रूपमा मात्रै बोल्न दिन सुझाव दिएका छन् ।

एक सांसदले भने, “शीर्ष नेताहरूले बोल्न दिने भनेर प्रस्ताव राख्नुभएको छ । तर, धेरै साथीहरूले मान्नुभएको छैन ।”

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरूलाई लामिछानेलाई एकपटक संसद्‌मा बोल्न दिन आग्रह गरेका थिए ।

कांग्रेसले लामिछाने सहकारी ठगी प्रकरणमा दोषी देखिएको भन्दै उनीमाथि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । तर, त्यसलाई सत्तापक्षीय दलहरूले टार्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved