कांग्रेस संसदीय दलको बैठक- सहकारी ठगीमा संसदीय छानबिनको माग यथावत्

नेपालभ्युज

कांग्रेस संसदीय दलको बैठक- सहकारी ठगीमा संसदीय छानबिनको माग यथावत्
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसले सहकारीमा जम्मा गरिएको रकम ठगीका सन्दर्भमा पार्टीले उठाउँदै आएको संसदीय छानबिनको मागलाई यथावत् राख्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले संसदीय छानबिन समितिको माग थप पुष्टि भएको प्रमुख सचेतक रमेश लेखकले बताए । त्यो आफूहरूको ‘बटम लाइन’ भएको उनले बताए ।

उनले आफ्नो माग पूरा नभए सदन प्रभावित भएमा सरकार नै जिम्मेवार हुने बताए । उनले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने वा नदिने विषयमा प्रष्ट बताएनन्। ‘संसद् अवरोध भयो भने सरकारले जिम्मेवारी लिनुपर्छ’, उनले भने, ‘बोल्नका लागि कोको आउनुहुन्छ। त्यसका आधारमा भर पर्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved