आफ्नै वडामा केशव स्थापित बालेनभन्दा ४ मतले मात्र अगाडि

नेपालभ्युज

आफ्नै वडामा केशव स्थापित बालेनभन्दा ४ मतले मात्र अगाडि

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले शुरुदेखि नै लिएको अग्रता कायमै राखेका छन्। ४६ हजार १८७ मत गणना हुँदा उनले १८ हजार १६ मतसहित अग्रता बनाएका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले ९ हजार ३१९ मतसहित पछ्याइरहेका छन्।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ हजार ३७२ मत पाएकी छन्। महानगरका ३२ मध्ये १, २,३ र ५ वडाको मतगणना सकिएको छ। ४,६,७,२८,२९,३०,३१ र ३२ वडाको मतगणना जारी छ। मतगणना सकिएका र जारी २८ नम्बर वडाबाहेक सबै वडामा बालेनले राम्रो मतसहित अग्रता बनाएका छन्। प्रतिद्वन्द्वी केशव स्थापितको वडा २८ मै पनि उनले टक्कर दिइरहेका छन्।

केही समयअघिदेखि जारी २८ नम्बर वडामा स्थापित जम्मा ४ मतले मात्र अगाडि छन्। ४०० मत गणना हुँदा स्थापितले १०९ म ल्याएका छन् भने बालेनले १०५ मतसहित उनलाई पछ्याइरहेका छन्। नेपाली कांग्रेसकी सिंहले ७१ मत पाएकी छन्।

यस्तो वडाअनुसार मतपरिणाम

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved