युगान्डाविरुद्ध दोस्रो खेल खेल्दै नेपाल

पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृङ्खला खेलेको नेपाल दोस्रो खेलमा युगान्डाविरुद्ध आज(मंगलबार ) खेल्दैछ।

नेपालभ्युज

युगान्डाविरुद्ध दोस्रो खेल खेल्दै नेपाल
फाईल फोटो

काठमाडौं। पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृङ्खला खेलेको नेपाल दोस्रो खेलमा युगान्डाविरुद्ध आज(मंगलबार ) खेल्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा उत्रदै गर्दा नेपाल शृङ्खला १–१ को स्थितिमा झार्न चाहन्छ। रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा युगान्डासंग १२ रनले पराजित भएको थियो।

सीता राना मगरको अनुपस्थितिमा बलिङमा सुधारिएको प्रदर्शन गरेको नेपाल ब्याटिङ र फिल्डिङमा भने कमजोर देखिएको थियो।

युगान्डालाई १०३ रनमा रोकेको नेपाल ९० रनमा समेटिएको थियो। दोस्रो खेलमा भने कप्तान रुबिना र प्रशिक्षक जगत टमटाले कमजोरी सुधार गर्दै खेलमा फर्कने बताएका छन्।

पहिलो खेलमा नेपालकी अस्मिना कर्माचार्यले डेब्यु गरेकी थिइन्। नेपाल र युगान्डाबीचको शृङ्खला पाँच खेलको हुनेछ। नेपाली महिला टिमले घरेलु मैदानमा खेलेको यो पहिलो शृङ्खला हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved