विराटनगरमा थपियो तीन मतगणना केन्द्र, अब नौ ठाउँबाट गणना हुने

नेपालभ्युज

विराटनगरमा थपियो तीन मतगणना केन्द्र, अब नौ ठाउँबाट गणना हुने

विराटनगर। विराटनगर महानगरपालिकाको मतगणनामा ढिलाइ भएपछि तीन मतगणना केन्द्र थपिएकाे छ।

विराटनगर-७ स्थित आर्दश माध्यमिक विद्यालयमा यसअघि ६ वटा कोठाबाट मतगणना भइरहेको थियो । मतगणनामा ढिलाइ भएपछि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको निर्देशनमा थप तीन वटा कोठामा मतगणनाको प्रबन्ध सुरु गरिएको हो।

सोमबार साँझदेखि ९ वटा कोठाबाट एकसाथ गणना शुरु हुने विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख भरत लम्सालले जानकारी दिए। मतगणना कार्य चुस्त बनाउन गणकहरुको संख्या समेत थप गर्ने तयारी भइरहेकाे उनले बताए।

‘‘अहिले कोठाहरु खाली गरिएको छ। मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा जडानको काम शुरु गरिएको छ’ उनले भने, ‘दिउँसोसम्म सम्पूर्ण तयारी पुरा गरि साँझदेखि गणना सुरु गर्नेछौँ।’’

विराटनगरस्थित आर्दश स्कुलमा शनिबारदेखि पहिलो चरणमा वडा नं १, २, १६, १७, १८ र १९ गरि ६ वडाको मतगणना थालिएको थियो । मतगणनाको पछिल्लो नतिजा अनुसार विराटनगरमा अहिले वडा नं १९, १६ र १७ को गणना सम्पन्न भएको छ।

वडा नं १९ मा नेकपा (एमाले), १६ मा नेपाली कांग्रेस र १७ मा जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन्। बाँकी वडाको गणना जारी छ। थप भएका केन्द्रमा वडा नं ४ सहित अन्य वडाको गणना सुरु गरिने जनाइएकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved