लुम्बिनीमा बौद्ध सभाहल तयार, प्रधानमन्त्री देउवाले भोलि उद्घाटन गर्ने (तस्वीरहरू)

पाँच हजार मानिस अट्नसक्ने यो सभाहललाई ‘लुम्बिनी विकास गुरुयोजना’ अन्तर्गत राष्ट्रिय गौरवका आयोजनाका रुपमा राखिएको थियो।

लुम्बिनीमा बौद्ध सभाहल तयार, प्रधानमन्त्री देउवाले भोलि उद्घाटन गर्ने (तस्वीरहरू)

भैरहवा। बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले २ जेठमा (भोलि) लुम्बिनिमा अन्तर्राष्ट्रिय स्तरको ‘बौद्ध सभाहल तथा ध्यानकेन्द्रको उद्घाटन गर्ने भएका छन्।

पाँच हजार मानिस अट्नसक्ने यो सभाहललाई ‘लुम्बिनी विकास गुरुयोजना’अन्तर्गत राष्ट्रिय गौरवका आयोजनाका रुपमा राखिएको थियो। १७ वैशाख २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको यो सभाहल प्रधानमन्त्री देउवाले उद्घाटन गर्न लागेका हुन्।

कोभिड महामारीका कारण केही समय सभाहल निर्माण कार्य रोकिएको थियो। महामारीका कारण रोकिएको निर्माण कार्यको समयलाई छुट्टाउने हो भने सभाहल समयमा नै निर्माण सम्पन्न भएको निर्माण कार्यमा संलग्न बाबुल जेभी निर्माण सेवाका प्रमुख तैफिक अहमद खानले बताए। तीन वर्षमा निर्माण सक्ने लक्ष्यसहित शुरु भएको भवन चार वर्षमा सकिएको हो।

सभाहल निर्माण कार्यलाई दुई भागमा विभाजन गरिएको थियो, पहिलो चरणमा पूर्वाधार निर्माणको काम भएको थियो भने दोस्रो चरणमा फिनिसिङ र साजसज्जाको काम भएको बाबुल निर्माण सेवाका प्रमुख खानले बताए।

सभा र ध्यान गर्न मिल्नेगरी निर्माण भएको सभाहल उद्घाटनपछि प्रधानमन्त्री देउवा र लुम्बिनी भ्रमणमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोही सभाहलबाट संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सभाहल निर्माणमा बाबुल निर्माण सेवाका अलावा, अर्घाखाँची कन्स्ट्रक्शन कम्पनी र लुम्बिनी बिल्डर्स पनि सहभागी छन्। हललाई वातानुकूलीत बनाइएको निर्माण कम्पनीको दाबी छ।

बौद्धसभा हलको ठीक अगाडि हेलिप्याडको तयारी गरिएको छ। भारतीय प्रधानमन्त्री मोदी सोमबार कुशीनगरबाट यही रहेको हेलिप्याडमा उत्रिने कार्यक्रम छ। सुरक्षाको कारण देखाउँदै भारतीय प्रधानमन्त्री मोदी हेलिकप्टरमा लुम्बिनी आउन लागेका हुन्।

२ जेठमा नै प्रधानमन्त्री देउवाले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’को उद्घाटन गर्ने कार्यक्रम छ।

भैरहवामा नै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेको अवस्थामा पनि भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदा उक्त विमानस्थलको प्रयोग गर्ने छैनन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको उत्तरी छिमेकी देश चीनको सहयोगमा निर्माण भएको हो।

मोदी लुम्बिनी अवतरण हुने हेलिप्याडको निर्माण पनि बाबुल जेभी निर्माण सेवाले नै गरेको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved