गत निर्वाचनमा माओवादीबाट पालिका अध्यक्षमा पराजित गुरुङ कांग्रेसबाट वडाध्यक्षमा विजयी

२०७४ मा भएको स्थानीय चुनावमा गुरुङ नेकपा माओवादी केन्द्रबाट नेत्रावती डबजोङ गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका थिए। त्यसबेला उनले १ हजार ५१० मतसहित तेस्रो बढी मत पाएका थिए।

नेपालभ्युज

गत निर्वाचनमा माओवादीबाट पालिका अध्यक्षमा पराजित गुरुङ कांग्रेसबाट वडाध्यक्षमा विजयी

धादिङ। धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको १ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवार ठाकुर गुरुङ निर्वाचित भएका छन्। गत स्थानीय निर्वाचनमा सोही पालिकाको अध्यक्षमा पराजित गुरुङ यसपटक वडाध्यक्ष भएका हुन्।

२०७४ मा भएको स्थानीय चुनावमा गुरुङ नेकपा माओवादी केन्द्रबाट नेत्रावती डबजोङ गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका थिए। त्यसबेला उनले १ हजार ५१० मतसहित तेस्रो बढी मत पाएका थिए।

हारपछि पार्टी बदलेर कांग्रेस प्रवेश गरेका उनले यसपटक कांग्रेसबाट वडाध्यक्ष जितेका हुन्। १ नम्बर वडामा उनी ६०३ मत पाएर विजयी भए।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका चन्द्रबहादुर पल्ली मगरले ४११ मत तथा एमालेका ईश्वर थापा मगरले १०९ मत पाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved