ललितपुर महानगरपालिकाको मतगणना शुरु

२०७४ को निर्वाचनमा ब्यञ्जनकारलाई मात्र ३२६ मतको सानो अन्तरले पराजित गर्दै महर्जन मेयर पदमा विजयी भएका थिए।

नेपालभ्युज

ललितपुर महानगरपालिकाको मतगणना शुरु

काठमाडौं। ललितपुर महानगरपालिकाको मतगणना शुरु भएको छ। जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना शुरु भएको छ।

बिहान ७ बजे बसेको सर्वदलीय बैठकको निर्णयपछि मतगणना शुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

महानगरको वडा नम्बर १ बाट मतगणना शुरु गरिएको हो। यो पटक पनि अघिल्लो निर्वाचनमा जस्तै महानगरको मेयर पदमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन र नेकपा एमालेबाट हरिकृष्ण ब्यञ्जनकारबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ।

२०७४ को निर्वाचनमा ब्यञ्जनकारलाई मात्र ३२६ मतको सानो अन्तरले पराजित गर्दै महर्जन मेयर पदमा विजयी भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved