सुर्खेतमा एमालेले खोल्यो खाता, पञ्चपुरी–१ मा प्यानलै विजयी

नेपालभ्युज

सुर्खेतमा एमालेले खोल्यो खाता, पञ्चपुरी–१ मा प्यानलै विजयी

सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ।

पञ्चपुरी नगरपालिका–१ मा एमालेका कर्णबहादुर थापाको प्यानल विजयी भएको हो। थापाले ४७९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुदे साउनले ३६३ मत पाए। यस्तै माओवादी केन्द्रका नरबहादुर विकले ४२ र राप्रपाका देवबहादुर रानाले १४ मत पाए।

नगरपालिकामा प्रमुखमा कांग्रेसले अग्रता लिएको छ। १४ सय मत गणना हुँदा कांग्रेसका लालबहादुर भण्डारीले ५५८ मतका साथ अग्रता लिएका छन् । भण्डारीलाई एमालेका धनबहादुर थापाले ५१५ मत पाएका छन्।

उपप्रमुखमा पनि कांग्रेसकी मुक्तिदेवी रेग्मीले ५६० मतका साथ अग्रता लिएकी छिन्। एमालेकी दुर्गाकुमारी जैसीले ४९९ मत पाएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved