युभेन्टसलाई पराजित गर्दै इन्टर मिलानले जित्यो इटालियन कपको उपाधि

सर्वाधिक १४ पटकको विजेता युभेन्टसलाई पराजित गर्दै इन्टर मिलानले इटालियन कप फुटबलको उपाधि जितेको छ।

नेपालभ्युज

युभेन्टसलाई पराजित गर्दै इन्टर मिलानले जित्यो इटालियन कपको उपाधि

काठमाडौं। सर्वाधिक १४ पटकको विजेता युभेन्टसलाई पराजित गर्दै इन्टर मिलानले इटालियन कप फुटबलको उपाधि जितेको छ। कोपा इटालियको फाइनलमा सान्दार कमब्याकसँगै इन्टरले चिर प्रतिद्वन्दी युभेन्टसलाइ ४–२ गोल अन्तरले हरायो।

छैटौँ मिनेटमा नै बरेलाको गोल मार्फत इन्टरले खेलमा शुरुआती अग्रता कायम गरेको थियो। तर दोस्रो हाफमा लगातार दुई गोल खाएपछि इन्टर २–१ ले पछि पर्‍यो। खेलको ५० औँ मिनेटमा युभेन्टसका सान्द्रो र ५२ औँ मिनेटमा भालोभिकले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। तर खेल सकिन १० मिनेट बाँकी छँदा कालानोग्लुको पेनाल्टीमा गोल गरेपछि इन्टर खेलमा फर्कियो।

यसपछि निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि थप गरिएको अतिरिक्त समयमा पेरिसिसले लगातार दुई गोल गर्दै इन्टरको उपाधि पक्का गरेका थिए।

इन्टर मिलानले घरेलु कप फुटबल, कोपा इटालियकाको उपाधि जितेको सन् २०११ पछि यो पहिलो अवसर हो। उता इटालियन लिग उपाधिको दौडमा पनि इन्टर मिलान लिग लिडर एसी मिलानभन्दा मात्र दुई अंक पछि दोस्रो स्थानमा छ।
लिगमा दुबैले मात्र दुई खेल खेल्न बाँकी रहँदा समान ३६ खेलबाट इन्टरको ७८ र एसी मिलानको ८० अंक छ।

यो सिजन खराब फर्ममा रहेको युभेन्टसले भने फाइनलको यो हारसँगै जारी सिजनमा एउटा उपाधि पनि जित्न सकेन। युभेन्टस उपाधिबिहिन बन्नु परेको सन् २०१०–११ सिजन पछि यो पहिलो पटक हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved