जगन्नाथ पौडेललाई सहयोग गर्ने पूर्वसांसदसहित पाँच सदस्य निलम्बित

नेपालभ्युज

जगन्नाथ पौडेललाई सहयोग गर्ने पूर्वसांसदसहित पाँच सदस्य निलम्बित

काठमाडौं। नेपाली कांग्रेसले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई सहयोग गर्ने पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँच पार्टी सदस्यलाई निलम्बन गरेको छ।

कांग्रेस चितवनको सिफारिसमा कांग्रेसले पूर्वसांसद श्रेष्ठसहितनेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल र पूर्वजिल्ला सचिव आनन्दराज राउत, कांग्रेस क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत र क्रियाशील सदस्य डा. केशव पौडेललाई निलम्बन गरेको हो।

पाँच सदस्यलाई कारबाही गरिएको पत्र कांग्रेस जिल्ला कार्यसमिति चितवनले केन्द्रमा पठाएको थियो। उक्त पत्रका आधारमा पार्टी सदस्यबाट निलम्बन गरिएको केन्द्रीय कार्यालय सानेपाबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

भरतपुरमा पाँच दलीय गठबन्धनले साझा उम्मेदवारका रूपमा नेकपा माओवादीकी नेतृ तथा भरतपुर महानगरकी निवर्तमान मेयर रेनु दाहाललाई अघि सारेको छ। गठबन्धनको उक्त निर्णयप्रति आपत्ति जनाउँदै कांग्रेसका पूर्वसांसद पौडेलले भरतपुरबाट बागी उम्मेदवारी दिएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved