रिहा भए धर्मेन्द्र बास्तोला

स्थानीय निर्वाचनको सुरक्षाको लागि भन्दै उनलाई नियन्त्रणमा लिइएको र सोधपुछपछि रिहा गरिएको प्रहरीले जनाएको छ।

नेपालभ्युज

रिहा भए धर्मेन्द्र बास्तोला

काठमाडौं। नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन्।

चुनाव बिथोल्ने गतिविधि गर्न सक्ने आशंकामा आज (बिहीबार) बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ परेका बास्तोला रिहा भएका हुन्।

स्थानीय निर्वाचनको सुरक्षाको लागि भन्दै उनलाई नियन्त्रणमा लिइएको र सोधपुछपछि रिहा गरिएको प्रहरीले जनाएको छ।

बास्तोला आफ्नो घर सुर्खेत जाँदै थिए। तर, चुनाव बहिष्कार गरेका उनले निर्वाचन बिथोल्ने गतिविधि गर्न सक्ने आशंकामा बीचमै पक्राउ परेका थिए।

चुनावकै विषयलाई लिएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिन अघि मात्र पार्टी पुनर्गठन गरेका थिए।

चुनावमा जान नहुने भन्दै बास्तोलालगायतका नेताहरूले गत २१ वैशाखमा विप्लवलाई महासचिवबाट हटाएका थिए। त्यसपछि बास्तोला नेकपा बहुमतका संयोजक भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved