निर्माण हुँदै मतदान स्थल, मतदाता परिचयपत्र पनि वितरण गरिँदै (तस्वीरहरू)

आज बुधबार र भोलि (बिहीबार) दुई दिन मतदान स्थलबाटै मतदाता परिचयपत्र वितरण हुनेछ।

निर्माण हुँदै मतदान स्थल, मतदाता परिचयपत्र पनि वितरण गरिँदै (तस्वीरहरू)

काठमाडौं। ३० वैशाख शुक्रवार देशभर हुने स्थानीय तह निर्वाचनको लागि भोट हाल्ने स्थानको व्यवस्थापन तीव्र बनाइएको छ। सबै मतदान केन्द्रमा मतपत्र पुर्‍याउनेदेखि मतदान अधिकृतलगायतका कर्मचारीहरू खटाइएको छ। उनीहरू सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदानको लागि बुथ निर्माणलगायतका काममा खटिएका छन्।

साथै सोही मतदान केन्द्रबाट नयाँ मतदाताहरूका लागि परिचयपत्र वितरण थालिएको छ। निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरण थालेको भएको हो।

आज बुधबार र भोलि (बिहीबार) दुई दिन मतदान स्थलबाटै मतदाता परिचयपत्र वितरण हुनेछ। पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचयपत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले मतदाता परिचयपत्र वितरण भइरहेको निर्वाचन आयोगले जनाएको छ।

नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७४३ वडा भित्रका मतदाता नामावलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको आयोगले जनाएको छ। आसन्न स्थानीय तहको निर्वाचनको मतदान यही वैशाख ३० गते शुक्रवार देशभर हुँदै छ । मंगलबार रातिदेखि नै मौनावधि शुरु भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved