हैदरावादमाथि बेंग्लोरको शानदार जित, तर विराट गोल्डेन ‘डकआउट’

नेपालभ्युज

हैदरावादमाथि बेंग्लोरको शानदार जित, तर विराट गोल्डेन ‘डकआउट’

काठमाडौं । सनराइजर्स हैदरावादमाथि रोयल च्यालेन्जर्स बेंग्लोरले ६७ रनको फराकिलो जित निकालेको छ।

आईपीएलमा आइतबार साँझ सकिएको खेलमा बेंग्लोरले दिएको १ सय ९३ रनको लक्ष्य हैदरावादले भेट्टाउन सकेन। हैदरावाद ३ बल बाँकी छँदै १२५ रन बनाएर अलआएट भयो। आजको खेलमा बेंग्लोरका वानिन्दु हसरंगाले पाँच विकेट लिए।

विराट कोहली पहिलो बलमै क्याच आउट भएपछि बेंग्लोरको शुरुआती अवस्था धर्मराएको थियो। तर कप्तान फाप डु प्लेसिस र रजत पाडिकरले उत्कृष्ट पारी खेल्दै टिमलाई उकासे। फा डु प्लेसिसले ५० बलमा ७३ रन बनाए भने पाडिकरले ३८ बलमा ४८ रनको योगदान दिए।

पहिले ब्याटिङ गरेको बेंग्लोरले मात्र ३ विकेटको क्षतिमा १९२ रनको विशाल योगफल तयार पारेको थियो।

हैदराबादका राहुल त्रिपाठीले ३७ बलमा ५८ रन बनाएर क्याच आउट भए। उसका अन्य ब्याटर चल्न सकेनन्।

आज पनि चल्न सकेनन् विराट कोहली

विराट कोहली खेलको पहिलो बलमा गोल्डेन डक रनमा आउट भए। जे सुचितले उनलाई धरापमा पारे। यो सिजन विराट तेस्रो पटक शून्यमा आउट भएका छन्। हैदरावादविरुद्ध पहिलो खेलमा पनि विराटले खाता खोल्न सकेका थिएनन्। लखनउविरुद्धको खेलमा पनि विराट गोल्डेन डकमा आउट भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved