दक्षिण कोरियामा एकै दिन ४० हजारभन्दा बढी कोरोना संक्रमित

अधिकारीहरुका अनुसार अहिलेसम्म १ करोड ७५ लाखभन्दा पनि बढी संक्रमित भइसकेका छन्।

नेपालभ्युज

दक्षिण कोरियामा एकै दिन ४० हजारभन्दा बढी कोरोना संक्रमित

एजेन्सी। दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा गएको २४ घण्टायता धेरै देखिएको हो।

तर, त्यहाँ एकै दिन पहिले ४ लाखसम्म नागरिकमा कोरोना संक्रमण देखिने गरेकोमा पछिल्ला दिनहरुमा घटेको थियो। तर पछिल्ला केही दिनमा भने पुनः बढ्न थालेको बताइएको छ।

दक्षिण कोरियामा संक्रमितको संख्या बढ्दै गएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

अधिकारीहरुका अनुसार अहिलेसम्म १ करोड ७५ लाखभन्दा पनि बढी संक्रमित भइसकेका छन्। अघिल्लो दिन त्यहाँ ३७ हजार जनामा संक्रमण देखिएकामा २४ घन्टायता आएर त्यसमा केही वृद्धि भएको बताइएको हो।

तर, संक्रमितमध्ये स्वास्थ्य अवस्था गम्भीर रहेका व्यक्ति भने थोरै छन्। यहाँ मृत्यु दर पनि कम रहेको बताइएको छ।

हालसम्म कोरियामा कोरोनाबाट २३ हजार ३६० जनाको ज्यान गइसकेको छ। संक्रमितहरूमा मृत्युदर भने न्यून रहेको अधिकारीहरुले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved