मौन अवधि शुरु भएपछि मदिरा बिक्रीमा रोक

नेपालभ्युज

मौन अवधि शुरु भएपछि मदिरा बिक्रीमा रोक
सांकेतिक तस्वीर।

कैलाली। आसन्न स्थानीय तह निर्वाचनको मौन अवधि २७ वैशाख राति १२ बजेदेखि शुरु हुँदैछ। जिल्ला प्रशासन कार्यालय कैलालीले आसन्न निर्वाचनलाई लक्षित गरी २७ वैशाखदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिराको बिक्री वितरण तथा सेवन गर्न पूर्ण रूपमा निषेध गरेको छ।

प्रशानसले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन वैशाख २७ गते राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभरि मदिरको बिक्री वितरण तथा सेवन गर्न निषेध गरिएको जनाएको छ। निषेध अवधिमाकसैबाट मदिराको बिक्रीरवितरण वा सेवन गरे/गराइएको पाइएमा प्रचलित कानूनअनुसार कारबाही गरिने उल्लेख गरिएको छ।

यसैगरी जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी गर्दै सार्वजनिक भवन, उद्यान, सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको चुनाव चिह्न राख्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स प्रिन्ट र ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउने, श्रव्य दृश्य सामग्री प्रदर्शन गर्ने, बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्ने जस्ता निर्वाचन आचारसंहिता विपरीतका कार्य नगराउन अनुरोध गरेको छ।

प्रशासनले माइक वा लाउडस्पिकर प्रयोग गरी सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी राजनीतिक दल वा उम्मेदवारका गीत वा नारा बजाउनेजस्ता कार्यमा प्रतिबन्ध गरिएकाले त्यस्ता क्रियाकलापमा नगर्नरनगराउनसमेत आग्रह गर्दै आचारसंहिता विपरीतका काम गतिविधि भएरगरेको पाइएमा कानूनबमोजिम कारबाही गरिने जनाइएको छ।

चुनावी प्रचारप्रसारका क्रममा विगतका चुनावका बेला व्यापक रुपमा हुने भित्ते लेखन, पम्पप्लेटिङ, माइकिङ जस्ता प्रचारका शैलीहरू यो निर्वाचनमा कम देखिएका छन्। केही दिन यता विभिन्न टोलमा दल वा उम्मेदवारका समर्थकबाट जुलुस प्रदर्शन गर्ने प्रतिस्पर्धा चलेको छ।

माइकिङ गर्ने सार्वजनिक स्थलमा झन्डा वा पर्चा टाँस गर्ने, भित्तेलेखनजस्ता कार्य त्यति नदेखिए पनि उम्मेदवारहरूका समर्थकले सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्विटरबाट मतदातालाई रिझाउने आसयका सामग्रीहरूको प्रयोग भने बढाइरहेका छन्।

निर्वाचन हुने दिन नजिकिन लाग्दा विभिन्न पदका प्रत्याशीहरू मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन्। घरमा आउने एक पक्षको उम्मेदवारले मत माग्न नभ्याउँदै अर्को पक्षको उम्मेदवार घरको आँगनमा पुगेर मतका लागि अनुनय विनय गर्ने रोचक प्रतिस्पर्धा देखिन थालेको स्थानीय मतदाता नेत्र पनेरुले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved