आईपीएल- बैंगलोरसँग चेन्नई पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्लोर विजयी भएको छ। बैङ्लोरले चेन्नई सुपर किङ्सलाई १३ रनले पराजित गरेको हो।

नेपालभ्युज

आईपीएल- बैंगलोरसँग चेन्नई पराजित

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्लोर विजयी भएको छ। बैङ्लोरले चेन्नई सुपर किङ्सलाई १३ रनले पराजित गरेको हो। गएराति पुणेमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैङ्लोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो। १ सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा १६० रन मात्र बनाउनसक्यो।

जितसँगै लिगमा १२ अंक जोडर बैङ्लोर चौथो स्थानमा उक्लिएको छ। उसले जारी आईपीएलमा अहिलेसम्म ११ खेलमा ६ मा जित र ५ मा हारको सामना गरेको छ। १० खेलमा ३ मा जित र ७ हार खाएको चेन्नई ६ अङ्कका साथ तालिकाको नवौं स्थानमा छ।

आईपीएल अन्तर्गत बिहीबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद खेल्नेछन्। ९ खेलमा ४ मा जित र ५ मा हार ब्यहोरेको दिल्ली ८ अङ्कसहित तालिकाको सातौं स्थानमा छ। ९ खेलमा ५ मा जित र ४ खेलमा पराजित भएको हैदरावाद १० अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved