आचारसंहिताको ठाडो उल्लंघन, गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा स्वास्थ्यमन्त्री

आचारसंहिताको ठाडो उल्लंघन, गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा स्वास्थ्यमन्त्री

काठमाडौं । संघीय स्वास्थ्यमन्त्री विरोध खतिवडा आचारसंहिता उल्लंघन गर्दै चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।

हेटौंडामा पाँचदलीय सत्ता गठबन्धन छ। गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा खतिवडा सहभागी भएका हुन्। निर्वाचन आचारसंहिताले नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरेको छ।

आचारसंहिताको ठाडो उल्लंघन गर्दै मन्त्री खतिवडा सरकारी नम्बर प्लेटको गाडी चढेर कार्यक्रम स्थलसम्म आएका हुन्। उनी बा२झ ४०२५ नम्बरको सरकारी गाडीमा कार्यक्रम स्थलसम्म पुगेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved