भुवन केसी र श्वेता खड्का लगायत कलाकार कांग्रेस प्रवेश

अभिनेता भुवन केसी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। २०७० सालको चुनाव ताका एमाले प्रवेश गर्दै राजनीतिक वृत्तमा प्रवेश गरेका केसी पछिल्लो समय कुनै पार्टीमा थिएनन्।

नेपालभ्युज

भुवन केसी र श्वेता खड्का लगायत कलाकार कांग्रेस प्रवेश

काठमाडौं। अभिनेता भुवन केसी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। २०७० सालको चुनावताका एमाले प्रवेश गर्दै राजनीतिक वृत्तमा प्रवेश गरेका केसी पछिल्लो समय निष्कृय थिए।

नायक केसी केही समयअघि राप्रपामा प्रवेश गर्ने चर्चा पनि चलेको थियो।

केही साताअघि स्थानीय तहको निर्वाचनमा उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने पनि घोषणा भएको थियो। तर, केसीले भने त्यो घोषणा निराधार रहेको र आफू कुनै पार्टीमा नरहेको बताएका थिए।

मंगलबार बिहान केसीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर औपचारिक रूपमा कांग्रेस प्रवेश गरेका हुन्।

केसीसँगै रविन्द्र खड्का र श्वेता खड्काले पनि कांग्रेस प्रवेश गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved