टिकट बेचेको आरोपमा रघुवीर महासेठमाथि मोसो दल्ने प्रयास

मेयरका लागि निवर्तमान मेयर महतोलाई नगर र प्रदेश कमितिले एकल सिफारिस गरेको भए पनि अन्तिम समयमा नेता महासेठले टिकट खोसेर राजाराम महतोलाई दिएका थिए।

टिकट बेचेको आरोपमा रघुवीर महासेठमाथि मोसो दल्ने प्रयास

जनकपुरधाम। धनुषाको मिथिला नगरपालिकामा नेकपा (एमाले)भित्र विवाद भएको छ। आइतबार मिथिला नगरपालिकाको लालगढस्थित पुकार होटलमा बसेको चुनाव परिचालन मूल कमिटीको बैठकमा एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पुगेपछि कार्यकर्ताहरूले टिकट बेचेको आरोप लगाउँदै उनीमाथि मोसो दल्ने प्रयास गरेका थिए।

विवादपछि चुनावको रणनीति बनाउन बसेको बैठक पनि स्थित भएको हो ।

आइतबार मिथिला नगरपालिकाको लालगढस्थित पुकार होटलमा बसेको चुनाव परिचालन मूल कमिटीको बैठक बसेको थियो। बैठकमा महासेठ पुगेपछि निवर्तमान मेयर हरिनारायण महतो पक्षका नेता/कार्यकर्ताहरूले हो-हल्लासहित महासेठको विरोध गरेका थिए।

मेयरका लागि निवर्तमान मेयर महतोलाई नगर र प्रदेश कमितिले एकल सिफारिस गरेको भए पनि अन्तिम समयमा नेता महासेठले टिकट खोसेर राजाराम महतोलाई दिएको आरोपमा महतो पक्षका नेता/कार्यकर्ताहरूले महासेठसँग असन्तुष्टि पोखेका थिए। निवर्तमान मेयर महतो पक्षका असन्तुष्ट कार्यकर्ताहरूले चर्को विरोध गर्दै मोसो दल्नेसम्मको प्रयास गरेका थिए ।

‘‘बैठकमा बाहिरबाट हरिनारायणका कार्यकर्ताहरू पुगेर टिकटमा चलखेल गर्ने रघुवीर महासेठ किन कमिटीको बैठकमा आए, कालोमोसो दल्नुपर्छ भन्दै गाली बेइज्जती गर्न थालेपछि विवाद उत्पन्न भएको हो । हात हालाहालको अवस्था सिर्जना भएपछि बैठक स्थगित भयो,’’ बैठकमा सहभागी नेताहरूले बताए ।

विवादले उग्र रूप लिएर हात हालाहालको अवस्था सृजना भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी कार्यालय ढल्केबरबाट प्रहरीलाई परिचालन गर्नु परेको थियो ।

टिकट नपाएपछि बागी उम्मेदवारी दिएका हरिनारायणले अध्यक्ष केपी शर्मा ओलीको उचित ठाउँमा व्यवस्थापन गर्ने आश्वासनपछि उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका थिए। विवादस्थलमा हरिनारायण पनि पुगेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved