एन्फालाई अलमुताइरीको पत्र : मैले खेलाडीलाई माफ गरेँ, कारबाही नहोस् (पत्रसहित)

अलमुताइरीले युवा खेलाडीको तातो रगतको कारण यो अवस्था आएको तर आफू राष्ट्रिय टिमका खेलाडीहरुको अभिभावक रहेकोकाले सबै खेलाडीहरुको गल्तिलाई आफूले माफ गरिसकेको पत्रमा स्पष्ट पारेका छन्।

नेपालभ्युज

एन्फालाई अलमुताइरीको पत्र : मैले खेलाडीलाई माफ गरेँ, कारबाही नहोस् (पत्रसहित)

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टिमबाट निस्केका १० खेलाडीलाई आफूले माफ गरेको बताएका छन्।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै उनले एन्फालाई पनि ती खेलाडीहरुलाई कारबाही नगर्न आग्रह गरेका छन्।

तर, उनले क्याम्प छाडेका १० जना खेलाडीहरु अहिले राष्ट्रिय टिममा फर्कन नसक्ने भने प्रष्ट पारेका छन्।

एसियन कप छनोट प्रतियोगिताको बन्द प्रशिक्षण दौरान आफूहरुलाई होस्टलमा नभई होटलमा राख्नुपर्ने माग राख्दा प्रशिक्षकले टिमबाट निकालेको राष्ट्रिय टिमबाट बाहिरिएका १० खेलाडीहरुको आरोप छ।

हालका कप्तान रोहित चन्दसहितका खेलाडीहरुले पत्रकार मम्मेलनमार्फत यो विषयमा निष्पक्ष छानबिन र कारबाहीको माग राखेका थिए।

यसै विवादबारे अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै पहिलो पटक आफ्नो आधिकारिक धारणा प्रस्तुत गरेका हुन्। पत्रमा उनले खेलाडीहरुले लगाएको आरोपले आफूलाई निकै दुखित बनाएको बताएका छन्।

अलमुताइरीले युवा खेलाडीको तातो रगतको कारण यो अवस्था आएको तर आफू राष्ट्रिय टिमका खेलाडीहरुको अभिभावक रहेकोकाले सबै खेलाडीहरुको गल्तिलाई आफूले माफ गरिसकेको पत्रमा स्पष्ट पारेका छन्। साथै उनले एन्फालाई पनि यो विषयमा खेलाडीलाई कारबाही नगर्न आग्रह गरेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved