चुनाव चिह्न : काठमाडौंमा बालेनलाई लौरो, भरतपुरमा पौडेललाई भुइँकटहर

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)ले लौरो चुनाव चिह्न पाएका छन्।

नेपालभ्युज

चुनाव चिह्न : काठमाडौंमा बालेनलाई लौरो, भरतपुरमा पौडेललाई भुइँकटहर

काठमाडौं। निर्वाचन आयोगले ३० वैशाखमा हुन लागेको स्थानीय चुनावमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न वितरण गरेको छ।

११ र १२ वैशाखमा देशभरका विभिन्न स्थानीय पालिकाहरुमा स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिहरुलाई आयोगले चिह्न दिएको हो।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)ले लौरो चुनाव चिह्न पाएका छन्।

लौरो चुनाव चिह्न पाएपछि प्रतिक्रिया दिँदै बालेनले आफूले पाएको लौरो असहायका लागि सहार भएको र गलत काम गर्नेका लागि दण्डको रुपमा रहेको भन्दै अब चुनाव जित्ने पक्का भएको बताए।

यस्तै, भरतपुर महानगरपालिकामा सत्ता गबठन्धनको उम्मेदवारको विरुद्धमा स्वतन्त्र उठेका जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिह्न पाएका छन्।

उम्मेदवारी फिर्ता गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री बालकृष्ण खाँण तथा राज्यमन्त्री उमेश श्रेष्ठसमेत लागे पनि टिकेका पौडेलले अब भुइँकटहर चिह्नबाट चुनाव लड्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved