कतार विश्वकपको साढे दुई करोड टिकट माग, अर्जेन्टिनाको खेलमा अत्यधिक आकर्षण

सबैभन्दा धेरै टिकट माग भएको खेलमा विश्वकप उपाधि भिडन्तसँगै अर्जेन्टिना भर्सेस मेक्सिको रहेको छ। अजेन्टिनाका लियोनल मेस्सीको सम्भावित अन्तिम विश्वकप भएका कारण पनि टिकट धेरै माग भएको बताइएको छ।

नेपालभ्युज

कतार विश्वकपको साढे दुई करोड टिकट माग, अर्जेन्टिनाको खेलमा अत्यधिक आकर्षण

काठमाडौं। फुटबल प्रशंसकहरुले कतारमा हुने विश्वकप फुटबलको साढे दुई करोड बढी टिकटका लागि अनुरोध गरेका छन्। बिहीबारसम्म विश्वभरका फुटबल पारखीहरुले उक्त मात्रामा टिकटका लागि अनुरोध गरेका हुन्।

विश्व फुटबल महासंघ फिफाका अनुसार बिहीबारसम्ममा विश्वभरबाट साढे दुई करोड टिकटको लागि अनुरोधहरु आएका छन्। पछिल्लो समय पनि कतारीहरुले टिकटमा कब्जा जमाएका छन्।

टिकटका लागि अनुरोध गर्नेमध्ये कतारसँगै अर्जेन्टिना, ब्राजिल, इंग्ल्याण्ड, फ्रान्स, मेक्सिको, साउदी अरेयिबा र अमेरिकाका धेरै फुटबल प्रशंसक रहेका छन्।

सबैभन्दा धेरै टिकट माग भएको खेलमा विश्वकप उपाधि भिडन्तसँगै अर्जेन्टिना भर्सेस मेक्सिको रहेको छ। अजेन्टिनाका लियोनल मेस्सीको सम्भावित अन्तिम विश्वकप भएका कारण पनि टिकट धेरै माग भएको बताइएको छ।

यस्तै, अर्जेन्टिना भर्सेस साउदी अरेबिया, इंग्ल्याण्ड भर्सेस अमेरिका र पोल्याण्ड भर्सेस अर्जेन्टिना खेलको पनि अत्यधिक मात्रामा टिकट माग भएको फिफाले जनाएको छ।

अहिलेसम्म टिकटका लागि आएका अनुरोध मध्येबाट फिफाको टिकट नीतिअनुसार वितरण आन्तरिक र बाह्य टिकट बेच्ने फिफाले जनाएको छ। विश्वकपका लागि रहेको टिकटभन्दा धेरै आवेदन परेको अवस्थामा गोलाप्रथाबाट टिकट दिने फिफाले जनाएको छ।

टिकटका लागि अनुरोध गरेकाहरुले ३१ मेदेखि इमेलमार्फत जानकारी पाउने फिफाले जनाएको छ। टिकट पाउनेहरुले कतारका भए भिसा कार्डमार्फत र अन्य देशका भए भिसासहित अन्य माध्यमबाट रकम भुक्तानी गर्न सक्ने फिफाले जनाएको छ।

टिकट प्राप्त गर्न सफल भएका व्यक्तिले रकम भुक्तानी गरेपछि मात्रै कतारमा खान र बस्नका लागि तथा हाया कार्डका लागि आवेदन दिन सक्ने पनि फिफाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved