बारा र महोत्तरीबाट डेढ क्विन्टल गाँजा र नाइट्रोभेटसहित ६ जना पक्राउ

नेपालभ्युज

बारा र महोत्तरीबाट डेढ क्विन्टल गाँजा र नाइट्रोभेटसहित ६ जना पक्राउ

जनकपुरधाम। बारा र महोत्तरी जिल्लामा डेढ क्विन्टल गाँजा तथा अन्य लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएअनुसार बारामा डेढ क्विन्टल लागूऔषध गाँजासहित दुई र लागूऔषध नाइट्रोभेटसहित एक गरी तीन जना पक्राउ परेका छन्। गाँजासहित पक्राउ पर्नेमा भारतको विहार राज्य मोतिहारी जिल्ला थाना संग्रामपुर ग्राम पञ्चायत भटवलियाका ३५ वर्षीय अजित पासवान र रामदर्शन महतो रहेका मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

उनीहरूलाई बारा जिल्ला अदालतबाट लागूऔषध मुद्दामा पहिलो पटक दिन ५ को म्याद लिई थप अनुसन्धान थालिएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जानकारी दिए।

त्यसैगरी लागूऔषध नाइट्रोभेटसहित बाराबाटै एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ का २० वर्षीय अनिष श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

श्रेष्ठलाई लागूऔषध नाइट्रोभेट ६० पिससहित पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।

त्यसैगरी महोत्तरीबाट पनि लागुऔसध सहित ३ जनालाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएअनुसार विशेष सूचनाका आधारमा बर्दिबासबाट खटिएको प्रहरी टोलीले आज बर्दिबासस्थित सेन्टर पोइन्ट बोर्डिङ स्कुल नजिकैबाट ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बर्दिबास वडा नं. १४ बस्ने २३ वर्षीय दिनेश साह, सोही ठाउँ बस्ने २३ वर्षका नै पोटा भन्ने रामबाबु महतो र चाकु भन्ने जितबहादुर पूर्वछाने छन्।

उनीहरूको साथबाट प्रहरीले प्रतिबन्धित नाइट्रोभेट-१० लेखिएको १ पत्तामा ३० चक्कीको दरले ४ पत्तामा १२० चक्की, पत्ता काटिएको सानो टुक्रामा २ चक्की गरी जम्मा १२२ चक्की बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

उनीहरूलाई जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved