वृद्धभत्ता दिएको जस एमालेले लिन मिल्दैन, हामीले दिएको हो : माधव नेपाल

ती योजनाहरुमा मनमोहन अधिकारी, भरतमोहन अधिकारी र आफ्नो मात्रै भूमिका भएको अध्यक्ष नेपालले बताए।

नेपालभ्युज

वृद्धभत्ता दिएको जस एमालेले लिन मिल्दैन, हामीले दिएको हो : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वृद्धभत्ता ल्याएको जस नेकपा एमालेले लिन नमिल्ने बताएका छन्।

काठमाडौंको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमको स्वामित्व एमालेले लिन नमिल्ने बताएका हुन्।

अधिकारी नेतृत्वको नौ महीने सरकारका क्रममा आफूहरुले लोकप्रिय योजनाहरु ल्याएको भन्दै नेपालले वृद्धभत्ता, सामाजिक सुरक्षा र ‘आफ्नो गाउँ आफै बनाउँ’ नारसहितको योजनामा एमालेको कुनै स्वामित्व नभएको बताए।

अध्यक्ष नेपालले २०५१ सालमा बुढापाकालाई भत्ता दिने शुरुआत आफैले गरेको बताए। उनले अपागंता भएकाहरुलाई विशेष सहुलीयत, एकल महिलालाई भत्ताको व्यवस्था तथा जग्गा वितरण गर्नेजस्ता कामहरु आफूले शुरु गरेको दाबी गरे।

उनले ती कार्यक्रमहरुमा केपी शर्मा ओलीको कुनै भूमिका नभएको बताए। ती योजनाहरुमा मनमोहन अधिकारी, भरतमोहन अधिकारी र आफ्नो मात्रै भूमिका भएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved