भरतपुरको कमलनगर चोकमा रातिदेखि आगलागी, भर्खरै नियन्त्रण

नेपालभ्युज

भरतपुरको कमलनगर चोकमा रातिदेखि आगलागी, भर्खरै नियन्त्रण
सांकेतिक तस्वीर ।

काठमाडौं। चितवनको भरतपुरस्थित कमलनगर चोकमा आगलागी भएको छ। गएराति भरतपुर महानगरपालिका–३ स्थित तुलसीराम सापकोटाको चारतले घरमा लागेको हो। बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको थिएन।

आगलागी नियन्त्रण गर्न दमकलसहित नेपाल प्रहरी परिचालन गरिएपछि विहान अबेर नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ। आगलागीबाट पाँचभन्दा बढी पसलमा क्षति पुगेको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved