बुधबारसम्म १ लाख ५२ हजार ४६५ जनाको उम्मेदवारी दर्ता

नेपालभ्युज

बुधबारसम्म १ लाख ५२ हजार ४६५ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ को कार्यक्रमअन्तर्गत यही ११ र १२ वैशाखमा परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण संकलन भएको छ। यही वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ।

निर्वाचन आयोगको प्रणालीमा आज (बुधबार) साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा तीन हजार ४९४, अध्यक्षमा तीन हजार ३८७, उपप्रमुखमा दुई हजार ५६, उपाध्यक्षमा दुई हजार एक, वडाध्यक्षमा ३५ हजार २५६ र सदस्यमा ५५ हजार ४७१ जनाको उम्मेदवारी परेको छ।

आयोगको सूचना तथा प्रविधि शाखाका अनुसार छुटपुट भएका र विवरण सच्याइएका तथ्यांक प्रणालीमा प्रविष्ट हुने क्रम जारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved