विप्लव र सीके राउत स्थानीय निर्वाचनमा आउनु महत्वपूर्ण राजनीतिक उपलब्धि : कमल थापा

थापाले नेपालको संविधानमा थुप्रै कमजोरी रहेको भए पनि जनतामार्फत आफ्नो मान्यता स्थापित गर्न सबै लाग्नुपर्ने बताए। उनले हिंसा र अस्थिरताको बाटो हिँड्नु आवश्यक नभएको उल्लेख गरेका छन्।

नेपालभ्युज

विप्लव र सीके राउत स्थानीय निर्वाचनमा आउनु महत्वपूर्ण राजनीतिक उपलब्धि : कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ र सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय चुनावमा भाग लिनु महत्वपूर्ण राजनीतिक उपलब्धि भएको बताएका छन्।

थापाले सामाजिक सञ्जालमार्फत विप्लव र राउतको पार्टीले स्थानीय चुनावमा उम्मेदवारी दिएर चुनावी प्रक्रियामा सामेल हुनुलाई महत्वपूर्ण राजनीतिक उपलब्धि भएको बताएका हुन्।

थापाले नेपालको संविधानमा थुप्रै कमजोरी रहेको भए पनि जनतामार्फत आफ्नो मान्यता स्थापित गर्न सबै लाग्नुपर्ने बताए। उनले हिंसा र अस्थिरताको बाटो हिँड्नु आवश्यक नभएको उल्लेख गरेका छन्।

थापाले आफूलाई सिद्धान्त बेचेको र अवसरवादी भएको आरोप लगाउनेहरुले पनि संविधान मानेर अघि बढ्नुको विकल्प नभएको कुरा बुझ्ना थालेको बताए।

‘२०७२ पछि यो राजनीतिक÷प्रजातान्त्रिक बाटोमा हिँड्न खोज्दा मलाई सिद्धान्त बेच्यो, अवसरवादी भयो भन्नेहरुले सायद बुझ्दै होलान्, योबाहेक अर्को बाटो नै छैन,’ थापाले लेखेका छन्, ‘सडकमा अस्थिरता खडा गरेर आफ्नो अभिष्ट पूरा गर्न सकिन्छ भन्ने सोचेर मेरो राजनीतिक जीवन समाप्त पार्न चाहनेले पनि यो तितो सत्य बुझ्नुपर्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved