कांग्रेसको घोषणापत्र बकवास र पागलहरूको प्रताप : ओली

नेपालभ्युज

कांग्रेसको घोषणापत्र बकवास र पागलहरूको प्रताप : ओली
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले अघि सारेको घोषणा पत्रप्रति कटा टिप्पणी गरेका छन्।

मंगलबार मनमोहन अधिकारीको २३ औं स्मृति दिवसमा बोल्दै ओलीले कांग्रेसको घोषणापत्रलाई ‘बकवास र पागलहरूको प्रलाप’को संज्ञा दिए।

‘नेपाली कांग्रेसले चुनावी घोषणा पत्र भनेर अहिले जुन प्रकाशित गरेको छ, त्यो कुनै राजनीतिक दस्तावेज होइन,’ उनको टिप्पणी छ, ‘त्यसलाई राजनीतिक दस्तावेजको दर्जा दिन सकिंदैन। पागलहरूको प्रलाप हो त्यो। मुख छाड्ने, गाली गर्ने तथानाम बाहेक केही पनि छैन।’

ओलीले घोषणा पत्रमा दर्जनौं ठाउँमा आफ्नो नाम किटेरै तथानाम गाली गरिएको दाबी गरे। उनको भनाइ छ, ‘त्यो घोषणा पत्रमा दर्जनौं ठाउँमा व्यक्तिगतरुपमा नाम किटेर तथानाम गाली गरेको छ। त्यसलाई कुनै राजनीतिक दस्तावेज भन्न सकिंदैन। त्यसमा राजनीतिक विश्लेषण नै छैन, केही पनि छैन।’

घोषणा पत्रमा एमालेले गरेको विकासलाई कांग्रेसले ‘उत्ताउलो विकास’ भनेकोमा पनि ओलीले विरोध जनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved