कालीकोटका नौ ओटै पालिकामा विप्लवको उम्मेदवारी

नेपालभ्युज

कालीकोटका नौ ओटै पालिकामा विप्लवको उम्मेदवारी

सुर्खेत। कालीकोटका नौ वटै पालिकामा विप्लव नेतृत्वको नेकपाले उम्मेदवारी दिएको छ। विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व संबिधानसभा सदस्यहरुसमेत स्थानीय तहमा उम्मेदवारी दर्ता गराएका हुन्।

कालीकोटको नरहरीनाथ गाउँपालिकामा अध्यक्षमा एटम बिसी र उपाध्यक्षमा कलशा बिकले उम्मेदवारी दर्ता गराएका छन्। बिसी सो पार्टीका केन्द्रीय सदस्य हुन भने बिक सो पार्टीका प्रवत्ता खड्क विश्वकर्माको भाइबुहारी हुन्।

रास्कोट नगरपालिकामा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा बिकले उम्मेदवारी दर्ता गरेकी छन्। उपाध्याय २०६४ सालको संविधानसभाको सदस्य हुन्।

खाँडाचक्र नगरपालिकामा प्रमुखमा हस्त बिक, तिलागुफा नगरपालिकामा रमेश चदारा प्रम्ख उपप्रमुखमा धनराज शाही उम्मेदवारी दर्ता गराएका छन्।

पचालझरना गाउँपालिका सो पार्टीका जिल्ला सचिव रहेका मनीलाल ऐडीले अध्यक्ष, विनित सिंह तिरुवाले उपाध्यक्ष, पलाता गाउँपालिकामा पदम विक अध्यक्ष, महावै गाउँपालिकामा धनबहादुर सिंह, शुभकालिका गाउँपालिकामा मनिश बिक र सान्नी त्रिवेणी गाउँपालिमामा रुपसिंह बोहोरा उम्मेदवारी दिएका छन्।

पार्टीको चुनावलाई उपभोग गरेर जाने नीति अनुसार नै उम्मेदवारी दिएको जिल्ला सचिव मनीलाल ऐडीले बताए।


Comment

One thought on “कालीकोटका नौ ओटै पालिकामा विप्लवको उम्मेदवारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved