दुई जनाले टिकट पाएको हेटौँडा २ मा कांग्रेसबाटै तेस्रो बागी उम्मेदवार

आफूसँग टिकट किन्ने पैसा नभएकाले स्वतन्त्र उम्मेदवारी दिएको राजवाहकले प्रतिक्रिया दिए।

दुई जनाले टिकट पाएको हेटौँडा २ मा कांग्रेसबाटै तेस्रो बागी उम्मेदवार

हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका नेता सुदिप राजवाहकले बागी उम्मेदवारी दिएका छन्।

आज निर्वाचन अधिकृतको कार्यालय हेटौँडामा गएर राजवाहकले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।

राजवाहक गत निर्वाचनमा कांग्रेसको तर्फबाट वडा समस्यसमेत भइसकेका छन्।

कांग्रेसले हेटौँडा २ मा दुई जनालाई टिकट दिइसकेको छ। उम्मेदवारी दिएका राजवाहकले दुई जनाले दुई तिर नै दिएर टिकट किनेको आरोप लगाए।

आफूसँग टिकट किन्ने पैसा नभएकाले स्वतन्त्र उम्मेदवारी दिएको उनले प्रतिक्रिया दिए।

“अरुले पैसा दिए मैले दिन सकिनँ, त्यही भएर मैले टिकट नपाएको हो,” राजवाहकले भने। कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved