इङ्लिस प्रिमियर लिग- म्यानचेस्टर सिटीको जितमा जिससको ह्याट्रिक

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वाटफोर्डलाई ५–१ को फराकिलो अंकले हराएको छ। शनिबार रातिको खेलमा जितसँगै सिटीले उपाधि होडमा रहेको लिभरपुललाई चार अंकले पछाडि पारेको छ।

नेपालभ्युज

इङ्लिस प्रिमियर लिग- म्यानचेस्टर सिटीको जितमा जिससको ह्याट्रिक

काठमाडौं। इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वाटफोर्डलाई ५–१ को फराकिलो अंकले हराएको छ। शनिबार रातिको खेलमा जितसँगै सिटीले उपाधि होडमा रहेको लिभरपुललाई चार अंकले पछाडि पारेको छ।

ब्राजिलका स्ट्राइकर जिससले चार गोल आफैँले गर्नुका साथै अर्को गोलमा पनि अवसर सिर्जना गरिदिएका थिए। जिससले चौथो मिनेटमै गरेको गोलबाट सिटीले अग्रता लिएको थियो।

२३ औँ मिनेटमा जिससले अग्रता दोब्बर बनाए। ३४औँ मिनेटमा रोड्रीले तेस्रो गोल गरे ४९औँ मिनेटमा जिससले ह्याट्रिक गरे। त्यसको चार मिनेट वित्न नपाउँदै व्यक्तिगत चौथो गोल थपे।

हसान कमाराले २८औँ मिनेटमा गरेको गोल वाटफोर्डका लागि सान्त्वना बन्यो। जितसँगै सिटीले ३३ खेलबाट ८० अङ्क जोडेको छ। जुन दोस्रो स्थानको लिभरपुलभन्दा चार अंकले माथि हो। एक खेल कम खेलेको लिभरपुलले आजराति एभर्टनविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

गए राति नै भएको अर्को खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हरायो। शीर्ष चारको होडमा रहेको टोटनहमले गए राति नै ब्रेन्टफोर्डसँग गोलरहित बराबरी खेल्यो। गए राति नै सम्मन्न इङ्लिस प्रिमियर लिगको अन्य खेलमा न्युक्यासल युनाइटेडले नर्विच सिटीलाई ३–० ले हराएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved