पिएसजीले जित्यो फ्रेन्च लिग, मेस्सीलाई फ्रान्समा पहिलो उपाधि

नेपालभ्युज

पिएसजीले जित्यो फ्रेन्च लिग, मेस्सीलाई फ्रान्समा पहिलो उपाधि

एजेन्सी । फ्रेन्च लिग फुटबल प्रतियोगिताको उपाधि पेरिस सेन्ट जर्माइनले जितेको छ। माउरिसयो पोचेटिन्होको प्रशिक्षणमा रहेको पिएसजीले शनिबार लेन्ससँग एक एक गोलको बराबरी खेल्दै लिग उपाधि जितेको हो, यसक्रममा पिएसजीबाट लियोनल मेस्सीले पनि स्मरणीय गोल गरे।

मेस्सीले पिएसजीबाट जितेको यो पहिलो उपाधि हो।

३४ खेलको समाप्तीमै लिग जितेको पिएसजीले अझै चार खेल खेल्न बाँकी नै छ। पिएसजीले ७८ अंक बटुल्दै लिग जितेको हो। दोस्रो स्थानको मार्सेलीले ३३ खेलबाट ६२ अंकमात्रै बटुलेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved