प्रत्येक पालिकामा निर्वाचन कार्यालय

निर्वाचनमा उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा उम्मेदवार टुङ्गोमा पुर्‍याउन दलहरूले आ-आफ्नो तयारीलाई तीव्र बनाएका छन्।

नेपालभ्युज

प्रत्येक पालिकामा निर्वाचन कार्यालय

कास्की। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका पाँचओटै पालिकामा आजदेखि निर्वाचन कार्यालय सञ्चालनमा आउने भएका छन्।

पोखरा महानगरपालिकासहित अन्नपूर्ण, माछापुच्छ्रे, रुपा र मादी गाउँपालिकामा आजदेखि निर्वाचन कार्यालय खोल्ने प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।

पोखरा महानगरपालिकामा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराई छन् भने अन्नपूर्णमा विष्णुप्रसाद आचार्य, मादीमा दुर्गाप्रसाद भट्टराई, माछापुच्छ्रैमा नवराज दङ्गाल र रुपामा रुद्रप्रसाद सुवेदी निर्वाचन अधिकृत छन्।

निर्वाचनको तयारीलाई तीव्र पारिएको बताउँदै सूचना अधिकारी न्यौपानेले सामग्री तथा जनशक्ति व्यवस्थापनका काम भइरहेको जानकारी दिए।

निर्वाचनमा उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा उम्मेदवार टुङ्गोमा पुर्‍याउन दलहरूले आ-आफ्नो तयारीलाई तीव्र बनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved