गणेशमान सिंहको स्मृतिमा १० किलोमिटर दौड हुने

दौडमा महिला तथा पुरुष तर्फका विजेताले ६० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

नेपालभ्युज

गणेशमान सिंहको स्मृतिमा १० किलोमिटर दौड हुने

काठमाडौं। नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा तेस्रो संस्करणको वीर गणेशमान सिंह १० किलोमिटर दौड प्रतियोगिता आयोजना हुने भएको छ।

दौड १७ वैशाख शनिबार काठमाडौंमा आयोजना गर्न लागेको आयोजक वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले प्रेस विज्ञप्तिमार्फत जनाकारी गराएको छ।

दौड दरबारमार्गबाट शुरु भएर काठमाडौं शहरका विभिन्न ठाउँ हुँदै दरबारमार्गमा नै पुगेर सम्पन्न हुनेछ। १० किमि दौडमा महिला तथा पुरुष तर्फका विजेताले ६० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

यसैगरी, यसपटक पुरुष र महिलातर्फ पाँच किमि दौड पनि सञ्चालन हुने भएको छ। पाँच किमितर्फ पुरुष तथा महिला दुवैतर्फका विजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको अनुमानित बजेट १७ लाख रुपैयाँ रहेको छ। प्रतियोगितामा नेपालका उत्कृष्टसहित उदीयमान धावकहरुसहित केही विदेशी खेलाडीहरुको पनि सहभागिता रहनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved