महानगरको भाग मिलाउन गठबन्धनको बैठक बस्दै

समाजवादीले पोखरा दाबी गरेको तर कांग्रेसले दिन अस्वीकार गरेका कारण सोमबार सहमतिको घोषणा हुन सकेको थिएन।

नेपालभ्युज

महानगरको भाग मिलाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं।  महानगरपालिकाको भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज बिहान ११ बजे बस्दैछ। सोमबार दिनभरको प्रयासबाट सहमति जुट्न नसकेपछि आज पुन: बैठक डाकिएको हो।

सत्तारुढ नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेल गरी जाने सहमति भएको छ। सोमबार महानगरपालिकाको भागबण्डा मिलाउने प्रयास गरिए पनि पोखरा महानगरपालिका कसलाई दिने भन्ने सहमति जुट्न नसक्दा बैठक निष्कर्षविहीन टुंगिएको थियो।

यसअघि नै कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर, माओवादीलाई भरतपुर र जसपालाई वीरगञ्ज महानगरपालिका दिने मोटामोटी सहमति भइसकेको छ। तर, एकीकृत समाजवादीले पोखरा दाबी गरेको तर कांग्रेसले दिन अस्वीकार गरेका कारण सहमतिको घोषणा हुन नसकेको स्रोतले जनाएको छ।

आजको बैठकले महानगरपालिकाको भागबण्डा मिलाउने काँग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved