अर्जेन्टिनाको फुटबल टिमलाई नेपालसँग मैत्रीपूर्ण खेलको निम्तो

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले अर्जेन्टिनाको फुटबल टिमलाई नेपालसँग मैत्रीपूर्ण खेलको लागि निमन्त्रणा दिएका छन्।

नेपालभ्युज

अर्जेन्टिनाको फुटबल टिमलाई नेपालसँग मैत्रीपूर्ण खेलको निम्तो

काठमाडौं। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले अर्जेन्टिनाको फुटबल टिमलाई नेपालसँग मैत्रीपूर्ण खेलको लागि निमन्त्रणा दिएका छन्।

मंगलबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभिएर गोवीसँग भएको भेटमा गहतराजले अर्जेन्टिनाको फुटबल टिमलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

गोवी नेपालका लागि नवनियुक्त अर्जेन्टिनाका गैरआवासीय राजदूत हुन्। भारतका लागि पनि अर्जेन्टिनाका राजदूत रहेका उनी नयाँ दिल्लीमा नै रहेर नेपालको कार्यभार पनि सम्हालेका छन्। राजदूत गोवी राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन नेपाल आएका थिए। उक्त अवसरमा उनले खेलकुद मन्त्रालय पुगेर मन्त्री गहतराजसँग शिष्टाचार भेटवार्ता गरे।

सो भेटको अवसरमा मन्त्री गहतराजले अर्जेन्टिनाको फुटबल टिमलाई नेपाल आएर मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गरेको सचिवालयले जनाएको छ। यो निमन्त्रणामा जाभिएर गोवी सकारात्मक रहेका बताइएको छ।

भेटमा विशेषगरी दुई देशको खेल क्षेत्रको विकास र सम्बन्धका विषयमा छलफल भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved