‘मोरङमा एउटा शहर पुरिएको छ, त्यसलाई हामीले उत्खनन गर्न सकेका छैनौं’

नेपालभ्युज

‘मोरङमा एउटा शहर पुरिएको छ, त्यसलाई हामीले उत्खनन गर्न सकेका छैनौं’

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा शहरहरूको व्यवस्थापन गर्न नसकिएको बताएका छन्।

मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा खनालले बढ्दो शहरीकरणलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्नेबारे गम्भीर भएर सोच्ने बेला आएको पनि बताए। सम्मानित नेता खनालले अब गाएँ र शहर व्यवस्थित बनाउने नीति निर्माण गर्दा दीर्घकालीन रूपमा समस्या ननिम्त्याउने ढंगको ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिए।

खनालले भने, ‘हाम्रा जति शहरहरू छन्, ती शहरहरू व्यवस्थित हुन सकिरहेका छैनन्। शहरीकरणकै शुरुवात कसरी भयो भन्ने हो भने, संसारमा झन्डै ४ हजारदेखि ३ हजार वर्षको विश्वपोटेमियाको सभ्यतादेखि शुरु भएको कुरा विशेषज्ञहरू भन्ने गर्दछन्। हाम्रै देशमा पनि मोरङको पूर्वतिर भेडियारी भन्ने ठाउँ छ। त्यहाँ ४ किलोमिटर लामो ४ किलोमिटर चौडा एउटा सिटी पुरिएर बसेको छ। त्यसलाई हामीले अहिले पनि उत्खनन गरेका छैनौँ। त्यो कुन कालखण्डको सिटी हो ? मान्छेहरूले के भन्ने गरेका छन् भने त्यो विराट राजाको दरबार हो भन्ने गरेका छन्। तर हो कि होइन, हामीले अनुसन्धान नगरिकन पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीले जस्तो अयोध्या राम जन्मेको अयोध्या, चितवनमा भन्नु त भएन। तर त्यो यथार्थ हो। त्यो इसाई संवतभन्दा अगाडिको कुरा हो। आजको युगमा हामीले कसरी यो शहरीकरणलाई व्यवस्थित बनाएर लैजाने यी कुराहरूमा गम्भीरतापूर्वक सोच्नुपर्छ। त्यही अनुकुलको नीति निर्माण गर्नुपर्ने आवश्यक्ता छ।”

खनालले नेपालका केही स्थानहरूमा पुराना शहरहरू लुकेर रहेको भन्दै तिनको अनुसन्धान र खोजी हुन आवश्यक रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved