राष्ट्रपति भण्डारीद्वारा अस्पताल उद्घाटन

नेपालभ्युज

राष्ट्रपति भण्डारीद्वारा अस्पताल उद्घाटन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माधवनारायण नगरपालिकाको जयनगरमा निर्माण भएको गजेन्द्र स्मृति अस्पतालको आइतबार उद्घाटन गरेकी छिन्।

स्वर्गीय गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानले निर्माण गरेको अस्पताल तीन सय शøयाको छ ।अस्पताल उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले स्वर्गीय सिंहले आफ्नो सम्पूर्ण जीवन जनताको सेवामा समर्पित गरेको बताइन्।

उनले स्वर्गीय सिंह सङ्घर्षशील व्यक्तित्व रहेको चर्चा गर्दै सामाजिक रूपान्तरका लागि सिंहको विचार सबैले सदैव मनन गर्न‘पर्ने बताइन्। उनले मधेस प्रदेश सरकारको छोरी बचाऊँ, छोरी पढाऊँ कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गर्दै सामाजिक कूरीतिका रूपमा रहेको दाइजो, बोक्सीलगायतका प्रथालाई अन्त्य गर्नुपर्नेमा जोड दिइन्।

“चुरे क्षेत्र जोगाए नेपालको प्राकृतिक सन्तुलन जोगाउन सकिन्छ” राष्ट्रपति भण्डारीले भनिन्,“चुरे क्षेत्रको संरक्षण गरी दिगो विकासका लागि कृषि उपज वृद्धि, माछापालनलगायतबाट आत्मनिर्भर तथा आर्थिकस्तर वृद्धि भई सुखी नेपाल, समृद्ध नेपालको लक्ष्य हासिल गर्न सकिन्छ ।”

मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रले गाँस, बास, कपास, स्वास्थ्य, शिक्षालगायतका सुविधाबाट कुनै जनता वञ्चित रहनु शोभनीय नरहने भन्दै मधेस प्रदेश विकासका लागि सबै दातृ निकायसँग अनुरोध गरिन्।

पूर्वउपप्रधानमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले मधेस प्रदेशको मध्य क्षेत्रमा गजेन्द्र स्मृति अस्पताल निर्माणले स्वास्थ्य सेवामा यस भेगका जनताको पहुँच पुग्ने विश्वास व्यक्त गरे।

रौतहट क्षेत्र नं. १ का सांसद एवं पूर्वमन्त्री अनिलकुमार झाले लोकतान्त्रिक आन्दोलनका योद्धा स्व। सिंहको नाममा स्थापित अस्पतालले यस क्षेत्रको स्वास्थ्य तथा शैक्षिक विकासमा महìवपूर्ण योगदान पुग्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved