इंलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिभरपुलबीच बराबरी

नेपालभ्युज

इंलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिभरपुलबीच बराबरी

एजेन्सी । इंलिस प्रिमियर लिगमा शीर्ष दुई स्थानका क्लब म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन्। यस बराबरीसँगै सिटीको ३१ खेलबाट ७४ र लिभरपुलको समान खेलबाट ७३ अंक पुगेको छ।

घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा डि ब्रुयानेले सिटीलाई अग्रता दिलाएका थिए। १३ औं मिनेटमा डिएगो जोटाले लिभरपुलबाट बराबरी गोल फर्काए। त्यसयता गाबरियल जेससले ३६ औं मिनेटमा सिटीलाई २–१ ले अघि बढाएपनि सेडियु मानेले लिरभपुलका लागि ४६ औं मिनेटमा बराबरी गोल फर्काए।

यस बराबरीले प्रिमियर लिगको उपाधि होड अझै रोमान्चक बनाएको छ। प्रिमियर लिगमा दुई दुबै क्लबले ७–७ खेल खेल्न बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved